रिलायन्स स्पिनिङ्गको आईपीओमा ३३ गुणाबढी आवेदन, आईपीओ पाउन भाग्यकै भर

११ पुष २०८२, शुक्रबार १७:४३

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा ३२.९८ गुणा बढीको आवेदन परेको छ । आज शुक्रबारसम्ममा ५ लाख ८३ हजार ८ सय ९६ जनाले ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि अर्थात् २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँको आवेदन परेको सिडीएससीले जनाएको छ ।

बैंकहरुमा भौतिक रुपमा आएको आवेदनहरुलाई आज रातिसम्म नै इन्ट्री गर्न सकिने भएकोले आवेदकको संख्या अझै बढ्न सक्छ। कम्पनीले पुस ७ गतेदेखि आज पुस ११ गतेसम्मको अवधि तोकेर आम सर्वसाधारणलाई ९ लाख २४ हजार ७ सय ६८ कित्ता शेयर निष्काशन गरेको थियो ।

बुक विल्डिङ विधिबाट निष्काशन गरिएको आईपीओ भएकोले यस आईपीओमा आवेदन दिंदा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । खुलेको ४० मिनेटमै कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेको थियो ।

कम्पनीले प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आईपीओ निष्काशन गरेको हो। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*