मन्त्रिपरिषदको बैठकको ६ मुख्य निर्णयहरु यस्ता छन्

११ पुष २०८२, शुक्रबार २०:४४

काठमाडौं । सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले ६ मुख्य निर्णयहरु गरेका छन् ।

बैठकले विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासनकार्यालय स्थापना गर्ने, नागरिकता, श्रम रोजगार सकृषिमार्पत च्याउ दिवस मनाउने बिषयमा निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

थप गरिएका इलाका प्रशासन कार्यालयहरूमा ताप्लेजुङको श्रीचंघा, डोल्पाको धो, मुगुको खत्याग, कालीकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढी रहेका छन् ।

गृह मन्त्रालय अन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने गरी मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*