शेयर बजारमा छायो हरियाली, युनियन हाइड्रोपावरसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१३ पुष २०८२, आईतवार १५:०८

काठमाडौं । साता कारोबारको पहिलो दिन अथात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४७.५५ को अंकले बढेर २६३३.४२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ३२८ वटा कम्पनीहरुको कुल पाँच अर्ब ५३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज युनियन हाइड्रोपावरको २७ करोड ६० लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, आइतबार मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाख रुपैयाँ, सिनर्जी पावरको २२ करोड ७५ लाख रुपैयाँ, एसवाई प्यानल नेपालको १८ कराड ९२ लाख रुपैयाँ र शिवम् सिमेन्टको १७ करोड १३ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*