आइतबार २३८ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?
१३ पुष २०८२, आईतवार १५:१६

काठमाडौं । साता कारोबारको पहिलो दिन अथात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४७.५५ को अंकले बढेर २६३३.४२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका २३८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज मिडसोलु हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।
त्यस्तै, आज अप्पर स्याङ्गे हाइड्रोपावरको ६.५२ प्रतिशत, रुरु जलविद्युत परियोजनाको ५.१६ प्रतिशत, मल्टिप्रपोज फाइनान्सको ४.८९ प्रतिशत, एनआइसी एशिया वैंकको ४.३६ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।














