पूर्व सचिव गणेश पाण्डे बीमा प्राधिकरणको नयाँ सञ्चालकमा नियुक्त

१३ पुष २०८२, आईतवार १८:३५

काठमाडौं । सरकारले पूर्व सचिव गणेश पाण्डेलाई नेपाल बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

नेपाल बीमा प्राधिकरणमा नेपाल बीमा प्राधिकरणका पूर्व सञ्चालक समेत रहेका पाण्डेलाई आगामी चार बर्षको लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डे जीवन बीमा समुहबाट नयाँ सञ्चालक बनेका हुन् । पाण्डे सञ्चालक बनेर कार्यभार सम्हाले लगत्तै प्राधिकरणको दैनिक कामहरु तीव्र गतिमा अघि बढ्नेछ ।

पाण्डेसँग बाणिज्य मन्त्रालय, अर्थमन्त्रालय, संस्कृति मन्त्रालय लगायतमा कार्य गरेको अनुभव रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*