हिसान नवौँ महाधिवेशनबाट नयाँ कार्यसमिति, अध्यक्षमा युवराज शर्मा

१३ पुष २०८२, आईतवार १८:५०

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नयाँ कार्यसमितिको अध्यक्षमा युवराज शर्मा निर्वाचित भएका छन्। हिसानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा शर्माले १६० मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरे।

वरिष्ठ उपाध्यक्ष पदका लागि आवश्यक दुई जनामध्ये डा. स्वागत श्रेष्ठ र टंकराज आचार्य निर्वाचित भएका छन्। डा. श्रेष्ठले १४७ मत र आचार्यले १०३ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्ष पदका अन्य प्रतिस्पर्धी भेषराज पोखरेलले १००, बाबुराम पन्तले ७८ र जीवन प्रकाश शर्माले ३७ मत प्राप्त गरेका थिए।

उपाध्यक्ष पदका १३ मध्ये ११ जना सर्वसम्मत निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित उपाध्यक्षहरूमा आर.वि. अधिकारी, ऋषी तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, विरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन्।

महासचिव पदमा रामहरी सिलवाल निर्वाचित भएका छन्। सिलवालले १४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जयराम खनालले ११८ मत प्राप्त गरे।

सचिव पदमा कृष्ण प्रसाद पौडेल १४३, जीवन लामा गोले १६७, पारश श्रेष्ठ १४५, भवानी प्रसाद पौडेल २१९, यम बहादुर रोका १४५, राजेश कार्की १४३ र बलराम पन्त १५५ मत प्राप्त गरी विजयी भएका छन्। कोषाध्यक्ष पदमा शिव प्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् भने सह–कोषाध्यक्ष पदमा शंकर भट्टराई निर्वाचित भएका छन्।

यस्तै, खुला सदस्यतर्फ केपी पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसी र हरीकृष्ण अर्याल निर्वाचित भएका छन्। आजीवन सदस्यबाट शिव प्रसाद सुवेदी निर्वाचित भएका छन्। प्रदेशगत सदस्यतर्फ कोशी प्रदेशबाट केशव खड्का, गुणराज अधिकारी र सागर प्रसाद भट्टराई, मधेश प्रदेशबाट मुकेश प्रसाद गुप्ता र वावुसाहेव यादव, लुम्बिनी प्रदेशबाट उत्तमराज घिमिरे, गणेश भण्डारी र दिनेश भुषाल निर्वाचित भएका छन्। कर्णाली प्रदेशबाट प्रेमबहादुर दसुनी र सुदूरपश्चिम प्रदेशबाट डा. भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*