चार कम्पनीहरुको शेयरमूल्य समायोजन, कुनको कति ?

१३ पुष २०८२, आईतवार २१:११

काठमाडौं । नेप्सेमा चार कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले सिनर्जी पावर, सन नेपाल लाइफ, शिखर इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको वोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । यी कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन थियो ।

सिनर्जी पावरको आइतवार कायम अन्तिम शेयरमूल्य ४३० रुपैयाँ २० पैसाका आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरी प्रतिकित्ता ३९१ रुपैयाँ ९ पैसा मूल्य तोकेको छ । सिनर्जी पावरले १० प्रतिशत बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ । पुस २८ गते बार्षिक साधारण सभा गर्न लागेको कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्न लागेको हो ।

त्यस्तै सन नेपाल लाइफको ५ प्रतिशत बोनस शेयर प्रयोजनपछि नेप्सेले प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसा तोकेको छ । कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य ५१४ रुपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । यस कम्पनीले बोनससँगै कर प्रयोजनका लागि समेत १५ दशमलव २६ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश पुस २५ गते आयोजना हुने सभाबाट पारित हुनेछ ।

शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरी नेप्सेले प्रतिकित्ता ६१५ रुपैयाँ तोकेको छ । आइतवार कायम अन्तिम शेयरमूल्य ६५१ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । शिखर इन्स्योरेन्सले ६ प्रतिशत बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । पुस २९ गते वार्षिक साधारण सभा बोलाएको शिखर इन्स्योरेन्सले पुस १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिन लागेको छ । पुस २९ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले सभा प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लाजको आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरी प्रतिकित्ता १ हजार ६५० रुपैयाँ तोकेको छ । आइतवार कायम अन्तिम शेयरमूल्य १ हजार ८१५ रुपैयाँको आधारमा यस कम्पनीको मूल्य समायोजन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*