हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, चाँदीको भने नयाँ रेकर्ड

१४ पुष २०८२, सोमबार १०:४१

काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*