मोरङमा प्रहरीले चलायो गोली
१४ पुष २०८२, सोमबार १०:५४

काठमाडौँ । मोरङमा गाँजा ओसारपसार नियन्त्रणका क्रममा प्रहरीले आइतबार राति फेरि हवाई फायर गरेको छ। केराबारी गाउँपालिका–५ लाफा टोलमा शंकास्पद एम्बुलेन्स रोकेर जाँच गर्ने प्रयास गर्दा भाग्न खोजेपछि प्रहरीले गोली चलाउँदै ठूलो परिमाणको गाँजा बरामद गरेको हो।
यस घटनामा दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई राति करिब साढे ११ बजे रोक्न खोज्दा चालक र एम्बुलेन्समा सवार व्यक्ति फरार हुन खोजेका थिए। त्यसपछि प्रहरीले एक राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यसअघि शनिबार राति पनि जहदा गाउँपालिका–२ तारिगामामा प्रहरीले हवाई फायर गरी गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई ३३० किलो गाँजासहित पक्राउ गरेको थियो।













