मंसिरमा प्रहरीले उठायो ४० करोड राजस्व, ट्राफिक जरिवानाबाटै ७ करोड संकलन

१४ पुष २०८२, सोमबार १२:३४

काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्षको मंसिर महीनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

जसमध्ये अवैध मालसामान बरामदबाट सर्वाधिक १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ र फरार कैदी तथा अदालती फैसला कार्यान्वयन मार्फत १२ करोड ३७ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यसैगरी ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट मात्रै ७ करोड १५ लाख ९३ हजार रुपैयाँ, अवैध सुनचाँदी बरामद गरी ८९ लाख ४५ हजार रुपैयाँ र स्रोत नखुलेको रकम बरामद गरी ८५ लाख ९ हजार रुपैयाँ संकलन भएको छ।

त्यस्तै हुण्डी कारोबारीबाट ६४ लाख ४३ हजार रुपैयाँ उठेको छ भने अवैध नदीजन्य पदार्थ उत्खननबाट २६ लाख ६४ हजार रुपैयाँ, अवैध पशुपक्षीबाट ७ लाख २ हजार रुपैयाँ र अवैध काठ बरामद गरी २ लाख ८७ हजार रुपैयाँ प्रहरीले संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*