‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सञ्चालन गर्न बोर्डको अनुमति

१४ पुष २०८२, सोमबार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनको अनुमति दिएको छ ।

बोर्डले आइतबार (पुस १३ गते) उक्त फण्डका इकाईहरू निष्काशन गर्न अनुमति दिएको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्धक रहेको यस योजनाको व्यवस्थापन नेपाल लाइफ क्यापिटलले गर्नेछ। यो नेपाल लाइफ इन्स्योरेन्सको पहिलो ‘बन्दमुखी योजना’ हो।

१० वर्ष अवधिको यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाई बिक्री गरिनेछ। यसरी कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको फण्ड जारी हुने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*