शेयर बजारमा एसवाई प्यानलको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१४ पुष २०८२, सोमबार १५:०९

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै आज कारोबार रकम समेत घटेको छ । सोमबार विभिन्न सेक्टरका ३३७ वटा कम्पनीहरुको एक करोड शेयर खरिद–बिक्री हुदाँ चार अर्ब ७७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर बजार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २३ करोड दुई लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, मन्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँ, शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १२ करोड १० लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*