नयाँ सञ्जीवनी लघुवित्त शुभारम्भ हुँदै
१४ पुष २०८२, सोमबार २०:१५

काठमाडौं । सञ्जीवनी लघुवित्तले अब आफ्नो सेवा शुभारम्भ गर्ने भएको हो ।लघुवित्तमा सात बैंक तथा वित्तिय संस्थाको लगानी हुने भएको छ ।
तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा भएर राष्ट्र बैंकले टेकओभर गरेर पश्चात अब सञ्जीवनि लघुवित्तको नामबाट शुभारम्भ गर्ने भएको छ ।
प्रभु बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंकसहित आरएसडिसी र फस्र्ट माइक्रोफाइनान्सकोको लगानीमा सञ्जीवनि लघुवित्तले सेवा सुरु गर्न लागिएको हो ।
सुपर लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले टेकओभर गरेर पश्चात अब औपचारिक रुपमा सञ्जीवनि लघुवित्तको नामबाट शुभारम्भ हुन लागेको हो ।













