चार लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

१४ पुष २०८२, सोमबार २०:३०

काठमाडौं । नेप्सेमा आज ४ वटा लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

मूल्य समायोजन भएका कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त,मिथिला लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो।

मिथिला लघुवित्तको १४।२५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १३२५।९५ रुपैयाँ कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १५१४।९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको छ।

त्यसैगरि सपोर्ट लघुवित्तको ९।५० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १७२२।३७ रुपैयाँ कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १८८६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*