महुली लघुवित्तको शेयर आजदेखि बिक्रीमा
१५ पुष २०८२, मंगलवार १०:२७

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले आजदेखि ६ हजार २८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
निर्धारित मितिभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।












