सुनचाँदीको मूल्यमा भारी गिरावट, मंगलबार प्रतितोला कति ?
१५ पुष २०८२, मंगलवार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन आज तोलामा सात हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५९० रुपैयाँ पुगेको छ ।













