इतिहासकै महङ्गो रिलायन्स स्पिनिङको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

१६ पुष २०८२, बुधबार ११:४२

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ यहि साताको शुक्रबार बाँडफाँट गर्ने गरी प्रक्रिया अघि बढाइरहेको हो ।

कम्पनीको आइपीओमा मागभन्दा ३३ गुणाको आवेदन परेको छ । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन भएको कम्पनीको आईपीओमा आवेदन दिने लगानीकर्ताको आइरो नै लागेको थियो ।

५ लाख ८३ हजार ९७५ जना आवेदकहरूबाट ३ करोड ५ लाख ८ हजार ७५० कित्ता आईपीओ खरीद माग भएको हो।

कम्पनीले थप सर्वसाधारण लगानीकर्तामा पुस ७ गतेदेखि ११ गतेसम्म आईपीओ निष्कासन गरेको हो । यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । योग्य संस्थागत लगानीकर्तामा ४० प्रतिशत र सर्वसाधारणमा ६० प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले २०८० साल माघमै योग्य संस्थागत लगानीकर्तामा ४० प्रतिशत शेयर बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणतर्फको शेयरमध्ये पनि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।

कम्पनीकोअ आईपीओ १८ हजार ४९५ जनाले ५०।५० कित्ताका दरले शेयर हात पार्नेछन् । सोहि मध्यका ३६ जनाले भने ५१।५१ कित्ता शेयर पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*