स्रोत नखुलेको १० लाख नगद सहित एकजना पक्राउ

१६ पुष २०८२, बुधबार १३:१२

काठमाडौं । स्रोत नखुलेको १० लाख ३ हजार ८०५ रुपैयाँ नगद सहित एकजनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ माछा बजारमा डेरा गरी बस्ने महोत्तरी एकडारा गाउँपालिका–४ घर भएका ३५ वर्षीय रंजित कुमार रहेका छन्।

प्रहरी चौकी जिरोमाईलबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा स्रोत नखुलेको रकम फेला परेपछि सोमबार दिउँसो पक्राउ गरेको हो। साथै उनले प्रयोग गर्ने गरेको म.प्र ०२–००९ प ०५४३ नम्बरको स्कूटर पनि प्रहरीले बरामद गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*