व्यवसायीहरुले बैंकबाट ऋण लिएर देशको अर्थतन्त्रलाई सदृढ गर्नु अपराध हो ? : महासंघ अध्यक्ष ढकाल

१६ पुष २०८२, बुधबार १५:४०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीहरुको  मनोवल इतिहासकै कमजोर भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य’ सम्बन्धी कार्यक्रममा बोल्दै भने, ‘उनले जेन–जी आन्दोलनमा दोषी  सबैलाइ कारबाही हुनुपर्छ । निजि क्षेत्रलाई प्रोत्साहन गर्नु पर्छ । विधुत वक्यौताबारे पनि समाधान दिनु पर्छ ।’

‘समृद्धिका लागि निजि क्षेत्रलाई अझै प्रयोत्नरत बनाउनु पर्छ । निजि क्षेत्र अझै ढुक्क भएर काम गर्न सक्ने अवस्थामा छैन । दोषिलाई कारबाही नहुँदा हाम्रो मनोवल थप कमजोर भएको छ । निजि क्षेत्रलाई प्रोत्साहन नगरेसम्म देश आर्थिक रुपमा अघि बढ्न सक्दैन।’ उनले भने, ‘निजि क्षेत्रलाई प्रोत्साहन गर्न नीति मै जोड दिनु पर्छ । सरकार घाटामा छ, बैंकिङ प्रणालीबाट कर्जा प्रवाह भइरहेको छैन । राजस्वले देशका कर्मचारीलाई तलब दिन सक्ने अबस्था पनि छैन । राजस्व गुम्दै भएको छ ।’

अध्यक्ष ढकालले भने, ‘उधोग नै चल्न नसके देशमा रोजगारी सिर्जना गर्ने काम सम्भब हुदैन। नीतिगत अवरोध, प्रकियामा बाधा र पछिल्ला समय निजि क्षेत्रप्रति सर्बवसाधारण पनि नराम्रो सोच्ने गरेका छन् । देशमा औधोगीक बातावरण बन्न सकेको छैन। सम्मानजनक रुपमा काम गर्न पाएन भने देश समृद्धिको गतिमा अघि बढ्न सक्दैन। ’

उनले थपे, ‘सवै राजनीतिक दलले निजि क्षेत्रको मुद्दा बोकेन भने देश आर्थिक रुपमा अगाडि बढ्न सक्दैन। यो देशले कहिले पनि निजि क्षेत्रका माग सम्बोधन गर्ने सकेन। निजि क्षेत्र निकै हतोत्साहित भएको छ ।’ ‘हामि सबै क्षेत्रको धारणा बुझ्न चाहान्छौ । आन्दोलनका बेला भएका गलत प्रवृत्तिमा कारबाही हुनु पर्छ। हामिलाई प्रोत्साहनको आवश्यक छ।’ ‘देश भित्र नै रोजगारी सिर्जना गर्ने हो भने निजि क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्दछ ।’

‘के बैंकबाट ऋण लिएर नाफाको अपेक्षा गर्नु अपराध हो? बैंकबाट ऋण लिएर रोजगारी दिनु गलत हो? ऋण लिएर देशको राजस्वमा ठुलो योगदान पुराउनु गलत हो?’ भन्दै उनले कडा रुपमा सो विषयहरु उठाएका छन् । ‘पूर्वाधार निमार्ण गरेरे देश समृद्धि बनाउनु गलत हो? आफ्नो ब्यबसायबाट ५५ लाखलाई रोजगारी दिनु गलत हो? हामिलाई सम्मानजनक रुपमा व्यवसाय गर्न दिनु पर्छ । ’

उनले भने, ‘निजि क्षेत्र समृद्धिको सारथी हो । हामि सरकारसग नै सहकार्य गरेर स्वदेशमा नै रोजगारी दिने र अर्थतन्त्र बलियो बनाउनु हो । अब हाम्रो व्यवसायमा आक्रमण हुने कुरा बन्द होस् । नैसरघिक अधिकौार खोस्ने काम नहोस् ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*