अहिले लगानीको उपयुक्त समय हो, मनोबल उकास्न सरकार तपाईको साथमा छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अहिले लगानीको लागी उपयुक्त समय भएको र मनोबल उकास्न सरकार व्यवसायीहरुको साथमा रहेको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आन्दोलनमा निजि क्षेत्रले भोगेको समस्याबार हामि छलफल र सम्बादमा छौ । सरकार ले निजि क्षेत्रलाई प्रोत्साहन गर्न लागि परेको छ ।’
अर्थमन्त्री खनालले भने, ‘अहिले समय लगानिको लागि उपयुक्त समय हो । सबै सूचक सकारात्मक हुदै भएको अवस्था छन् । जसले लगानिको बातावरण रहेको देखिन्छ। सरकारले निजि क्षेत्रको मनोबल उठाउने काम गरिरहेको छ । व्यवसायीलाई प्रोत्साहन गर्न सके मात्र देश आर्थिक रुपमा अगाडि बढ्न सक्छ निजि क्षेत्र अर्थतन्त्रको इन्जिन हो।’
‘निजि क्षेत्रले कमाएको नाफाले ब्यवसायीलाई मात्र नभइ देशलाई नै समृद्धि बनाउनको लागि हो । निजि क्षेत्रले कयौं नागरिकलाई रोजगारी दिएको छ । राजस्वमा ठुलो योगदान पुराएको छ ।’ उनले भने, ‘नागरिकको दैनिक जीवन सहज बनाउने काम गर्नु पर्छ। मुलुक भित्र कुनै ब्यवसायीमा क्षेति गर्नु भनेको ठुलो घात हो भन्ने कुरा सर्वसाधारणमा पुराउनु पर्छ। नागरिक र निजि क्षेत्रको समधुर सम्नबन्ध कायम गर्न भुमिका सबैले खेल्नु पर्दछ।’












