निजि क्षेत्रका संरचना पुनः निर्माण भए ढल्ने छैनन्, सुरक्षाका लागि जस्तो कदम पनि उठाउछुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीले निजी क्षेत्रका संरचना पुनः निर्माण भएको खण्डमा ढल्न नदिने र सुरक्षाका लागि जस्तो कदम पनि उठाउँने बताएकी छिन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘निजि क्षेत्रसहित देशमा भएको ठुलो आन्दोलनले परेको घाउ पुछ्दै जानु पर्छ । हामि व्यवसायीको मनिोबल उकास्ने कार्यमा लागि परेकेो छौ ।’
प्रधानमन्त्री कार्कीले भनिन्, ‘व्यवसायीलाई सरकारले पूर्ण सुरक्षा दिएको छ । अहिलेको सरकारले व्यवसायीलाई प्रोत्साहन गर्न विभिन्न नीतिगत सुधार गरेको छ । राष्ट्र बैंकको सर्किुलर माफर्त विभिन्न नीतिगत सुधार गरेको छ । सरकार निजि क्षेत्रको साथमा छ भन्ने कुरा सबैले थाहा पाएकै हुनुपर्छ।’
‘ढलेका संरचना पुन निर्माण भए ढल्ने छैन । जेन जी आन्उदोलनको बेला भएको क्षेति अब सरकारले हुन दिने छैन। सुरक्षाका हामि जे जस्तो कदम चाल्नु पर्छ म तयार छु ।यो विषय मन्त्रीपरिषद् मा पनि लैजान्छु ।’ उनले थपिन्, ‘आन्दोलन घुसपैठ गर्नेहरुलाई समेत कारबाही हुने छ । यसमा कुनै शंका मान्नु पर्दैन।’












