नेपालको राजनीतिमा भारतीय चासो, विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री शर्माबीच भेट

काठमाडौं । नेपालमा विकसित राजनीतिक घटना क्रममा भारतीय चासो बढेको छ । भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर र नेपालका नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माबीचको ढाका भेटवार्ताले त्यसलाई पुष्टी गरेको छ ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टी समारोहमा बंगलादेशको ढाका पुगेका बेला दुबै देशका परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा २ मन्त्रीहरूबीच नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा कुराकानी भएको र यो भेटलाई महत्वपूर्ण मानिएको बताइएको छ ।
नेपालमा नयाँ परराष्ट्रमन्त्री नियुक्त हुनासाथ भारतीय विदेशमन्त्रीसँगको भेट संयोग मात्रै नभएको र अर्थपूर्ण भएको यस मामिलाका जानकारहरुले बताएका छन् । खालिदा जियाको निधनप्रति शोक व्यक्त गर्न दक्षिण एसियाका विभिन्न देशका नेताहरू ढाका पुगेका हुन् ।












