एक वर्षमा १५ लाखभन्दा बढी नेपाली विदेशिए, १० लाख विदेशी पर्यटक नेपाल भित्रिए

१७ पुष २०८२, बिहीबार १०:३०

काठमाडौँ ।  अध्यागमन विभागको तथ्यांकअनुसार भिसा वर्ष २०२५ (जनवरी १ देखि डिसेम्बर ३१, २०२५) को अवधिमा १५ लाख २३ हजार नेपाली नागरिक विदेश प्रस्थान गरेका छन्। सोही अवधिमा विभिन्न मुलुकबाट १३ लाख १३ हजार एक सय ९१ नेपाली नागरिक स्वदेश फर्किएका छन्।

उक्त अवधिमा १० लाख १५ हजार तीन सय ७८ विदेशी नागरिक नेपाल प्रवेश गरेका छन् भने नौ लाख ८२ हजार पाँच सय ६१ विदेशी नेपालबाट बाहिरिएका छन्। नेपाल प्रवेश गर्ने विदेशी नागरिकमध्ये अधिकांश पर्यटक प्रयोजनका लागि आएको विभागले जनाएको छ।

हाल नेपालले विदेशी नागरिकलाई पर्यटक, श्रम, अध्ययनलगायतका गरी करिब १० प्रकारका भिसा प्रदान गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*