भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ५९ हजार आवेदकको हात रित्तो
१७ पुष २०८२, बिहीबार ११:३९

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि पुस ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको थियो।
निष्कासन अवधिभर ६९ हजार ४६५ जनाले आवेदन दिएकोमा ८ जनाको आवेदन रद्द भएको छ। अर्थात् ६९ हजार ४५७ जना योग्य आवेदकले १० लाख ७९ हजार ९५० कित्ता माग गर्दै आवेदन दिएका थिए।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो। बाँडफाँडमा १० हजार जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी ५९ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ।












