राताम्य पुँजी बजारः लगानीकर्ता नाफा बुक तिर हाबि, सकारात्मक माहोलमा पनि किन खुम्चिदैछ ?

काठमाडौँ । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा लगानीकर्ताबीच अन्यौल बढेको कारण बजार कमजोर भएको विश्लेषकहरूले बताएका छन्। आगामी सरकारको नीति र नेतृत्व कस्तो हुने भन्ने अनिश्चितताले लगानीकर्तालाई “पर्ख र हेर”को अवस्थामा राखेको छ।
अघिल्लो कारोबारको दिन बजार बढेको हुँदा आज केही लगानीकर्ताले नाफा सुरक्षित गर्न शेयर बिक्री गरेका छन्। थोरै नाफा भएको वित्तीय सेयर बेच्ने क्रम बढ्दा बजारमा दबाब बढेको देखिएको छ। यही कारणले सूचकांक दोहोरो अंकले तल झरेको छ।
नियामक निकाय र सरकारी नीति अधिकांशतः शेयर बजारमैत्री छन्। नेपाल राष्ट्र बैंकले पछिल्लो समय बजारको वृद्धि र लगानी प्रोत्साहनका लागि मैत्री नीतिहरू लागू गरेको छ। अर्थ मन्त्रालय पनि शेयर बजारसँग सम्बन्धित मुद्धामा सकारात्मक दृष्टिकोण राखिरहेको छ।
विशेषज्ञहरूले राजनीतिक अस्थिरता बाहेक बजारका आधारभूत पक्षहरू मजबुत छन्। बैंकको ब्याजदर न्यूनतम र नीतिगत सुधारको प्रक्रिया अघि बढेको हुँदा, बजारले नयाँ उचाईतर्फ यात्रा गर्ने विश्वास लगानीकर्तामा कायम छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अकंले घटेर २६२०.९२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १२ उपसूचक राताम्य भइरहेको छ । आज वाणिज्य बैंक समूहको ०.६४ प्रतिशत, विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बिहिबार ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८९ कम्पनीको घटेको छ ।













