कतारले दियो १३ नेपाली बन्दीलाई आममाफी

१८ पुष २०८२, शुक्रबार १७:१७

काठमाडौं । कतार सरकारले १३ जना नेपाली बन्दीलाई आममाफी दिने निर्णय गरेको छ। राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा कतारको विभिन्न जेलमा रहेका उनीहरूलाई आममाफी दिइएको हो।

आममाफी दिइएकोमा नेपाल सरकारले कतारलाई धन्यवाद ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको उक्त क्षमादानलाई नेपाल र कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको सुदृढीकरणको महत्वपूर्ण संकेतका रूपमा उच्च मूल्याङ्कन गरिएको उल्लेख छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*