अमेरिकाद्वारा भेनेजुयलामाथि भिषण सैन्य हमला, राष्ट्रपति मादुरो अमेरिकी कब्जामा

२० पुष २०८२, आईतवार ०७:४६

काठमाडौं । अमेरिकाले भेनेजुयलामाथि भिषण सैन्य हमला गरेको छ । उक्त सैनिक इलाका र तेल प्रशोधन कारखाना लक्षित आक्रमणपछि त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नै कब्जामा लिएर अमेरिका ल्याइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएराति भेनेजुयलाको राजधानी सहितका सैन्य अखडाहरुमा सफलतापूर्वक हमला गरिएको छ जनाएका छन् । राष्ट्रपति ट्रम्पले सुरक्षा र न्यायको लागि सैन्य आक्रमण गरिएको दावी गरेका छन् । अमेरिकाले विमानस्थल, सैनिक अड्डा लगायतका स्थानमा आक्रमण गरेका थिए । भेनेजुयलाका अमेरिकी एजेन्ट र सानो सैन्य टिमको सहयोगमा त्यहाँका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिन अमेरिका सफल भएको हो ।

हाल भेनेजुयलाका राष्ट्रपति मादुरोलाई अमेरिकाको न्यूयोर्क पुर्याइएको छ । उनलाई आगामी साता ड्रग्सको अबैध कारोबार र तेलको अबैध कारोबारको आरोपमा अमेरिकी अदालतमा पेश गर्ने विश्वास गरिएको छ । कब्जामा लिइएका राष्ट्रपति मादुरो र उनकी श्रीमती दुवै सकुशल रहेका छन् ।

 

भेनेजुयलामा अमेरिकी आक्रमणको विरोधमा मेक्सीकोमा विशाल प्रदर्शन गरिएको छ । मेक्सिकोका हजारौं जनता सडकमा आएर अमेरिकी आक्रमणको विरोध गरिएको हो । उता, फ्रान्सका राष्ट्रपति इम्मानुयल मार्कोनले सहजिकरण गर्न गरेको प्रस्तावलाई भेनेजुयलाको सरकारले अस्वीकार गरिदिएको छ । राष्ट्रपति नै अमेरिकाले अपहरण गरेर उठाएपछि त्यहाँ अन्यौलता छाएको छ । केही विमानस्थलसहितका स्थानमा अझै आगो लागिरहेको छ ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले खटाइएको टोलीले भेनेजुयलालाई तत्कालका लागि अघि बढाउने बताएका छन् । उक्त टिममा को को छ भन्ने तथ्य बाहिर आएको छैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*