सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज पुस २० गते नेप्सेमा सूचीकृत ७ वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरूले भालि पुस २१ गते बूक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको लाभांश प्राप्त गर्नेछन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत नगद लाभांश, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत नगद लाभांश रहेको छ।
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश र कालिका लघुवित्तको १० प्रतिशत बोनस शेयर र ०.५३६३ प्रतिशत नगद लाभांश रहेको छ।












