राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्दै

२० पुष २०८२, आईतवार ११:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोलमार्फत एक वर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार आज आइतबार मध्याह्न २ बजेसम्म अनलाइन बिल्डिङ प्रणालीमार्फत बोलकबोल हुनेछ। जारी गरिने ऋणपत्रमा लगानी गरिएको रकमको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

बोलकबोल गर्दा न्यूनतम ५ करोड रुपैयाँ र सोही आधारमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।

ऋणपत्रको बोलकबोल ब्याजदरमा हुने छ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन्।

NRB-Bond_2083_Ga_Notice

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*