राताम्य शेयर बजारः गुम्दै लगानीकर्ताको लगानी, पर्ख र हेरको अवस्था किन ?

२० पुष २०८२, आईतवार १५:०५

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । गत साताको बिहिबार दोहोरो अकंले घटेको बजारले आज पनि सोहि निरन्तरता दिएको हो । पछिल्लो केहि साता यता बजारमा उतार चढाब आइरहेको छ ।

देश निर्वाचन तिर अघि बढेको छ । पुराना दल र नयाँ दलहरुबीच चुनावि साझेदारीको पहलहरु भइरहेका छन् । यसपटक जेनजी आन्दोलनपछि सिर्जना भएको निर्वाचनले सबैको ध्यान तानेको छ । यहि बीच शेयर बजारका लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा रहेका छन् । उनीहरुले अबको निर्वाचनपछि आउने सरकार र उसले लिने मार्केट सम्बन्धी नीतिलाई महत्वूर्ण रुपमा हेरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले शेयर बजारका लागि आवश्यक पर्ने अधिकांश नीति सहज बनाइसकेको छ । अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्ड समेत बजार सम्बन्धी निकै सकारात्मक भएर काम कारबाही अघि बढाइरहेका छन् । तर, पनि बजारले सकारात्मक संकेत देखाएको छैन ।

शेयर बजारको शत्रुको रुपमा लिईने बैंकको ब्याजदर समेत निरन्तर घट्दो क्रममा रहेको छ । अधिकांश नीति सकारात्मक हुँदा पनि अहिले बजारलाई राजनीति कुराले असर गरेको आंकलन विश्लेषकहरुको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२९ अकंले घटेर २६१०.६३ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १० उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.१४ प्रतिशत, विकास बैंक समूहको ०.८० प्रतिशत, हाइड्रोपावर समूहको ०.४९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आइतबार ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*