एसवाई प्यानलको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कसको कति ?

२० पुष २०८२, आईतवार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ३२३ वटा कम्पनीहरुको एक करोड दुई लाख ७४ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब एक करोड ७५ लाख रुपैयाँको शेयर करोबार भएको छ । जसमा आज एसवाई प्यानलको ३० करोड ६५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, श्रीनगर एग्रोटेकको २२ करोड ८८ लाख रुपैयाँ, बन्दिपुर केबलकारको २२ करोड १२ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको २१ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*