दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
२० पुष २०८२, आईतवार १५:११

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ७९ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आइतबार विन नेपाल लघुवित्त र श्रीनगर एग्रोटेकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सान्भि इनर्जीको ९.१६ प्रतिशत, सागर डिस्टिलरी लिमिटेडको ७.८३ प्रतिशत, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको शेयरमूल्य ७.७० प्रतिशतले बृद्धि भएको छ ।













