देशभरका सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन प्रणाली लागू

२० पुष २०८२, आईतवार १६:३९

काठमाडौँ ।  भन्सार विभागले सबै भन्सार कार्यालयहरूमा अनलाइन मूल्यांकन प्रणाली लागू गरेको छ। यसअघि वीरगञ्ज भन्सार कार्यालयमा मात्र प्रयोगमा रहेको यो प्रणाली अब देशभरका सबै भन्सार कार्यालयहरूमा कार्यान्वयनमा आएको हो।

भन्सार विभागको आयोजनामा शुक्रबार आयोजित दुई दिने भन्सार व्यवस्थापन गोष्ठीका अवसरमा बाँकी १८ वटै भन्सार कार्यालयहरूमा उक्त प्रणाली विस्तार गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंक पाण्डेले जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रिय व्यापारको लागत घटाउने र व्यापार सहजीकरण गर्ने उद्देश्यका साथ सबै भन्सार कार्यालयहरूमा अनलाइन प्रणाली लागू गरिएको हो।

गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री मेश्वरप्रसाद खनालले लामो समयपछि भन्सार क्षेत्रमा सामान्य सम्झौता अन्तर्गतको मूल्यांकन प्रणाली पूर्ण रूपमा लागू भएको बताए। अब सन्दर्भ मूल्यको सट्टा वास्तविक कारोबार मूल्यलाई आधार मानेर भन्सार मूल्यांकन गरिने उनले स्पष्ट पारे। वस्तुको मूल्य बजारले निर्धारण गर्ने भएकाले प्रक्रियागत सरलीकरणमा जोड दिइएको उल्लेख गर्दै उनले निजी क्षेत्रका उद्यमी व्यवसायीहरूले नक्कली बिल बिजक जारी गर्नुपर्ने बाध्यताको अन्त भएको बताए। उनले नयाँ व्यवस्थाअनुसार व्यवसायीहरूले वास्तविक कारोबार देखाउने र सही कागजात मात्र पेश गरी इमान्दार बन्नुपर्नेमा जोड दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*