होटल फरेस्ट इनले ४० करोडको आईपीओ ल्याउन बोर्डबाट पायो अनुमति
२० पुष २०८२, आईतवार १६:४९

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इन लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। कम्पनीले आईपीओ निष्कासन गर्न पुष २० गते अनुमति पाएको हो ।
कम्पनीले १०० अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।












