जेनजी आन्दोलनमा सिद्धार्थ प्रिमियरको राहतः १ करोड १ लाख कोषमा योगदान, २ अर्बको दावी भुक्तानी

२१ पुष २०८२, सोमबार ११:२३

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले जेन–जी आन्दोलनको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड १ लाख रुपैयाँ योगदान गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले सो रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सो रकम सहयोग उपलब्ध गराएको जनाएको छ । उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव लगायत सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडलाई धन्यवाद ज्ञापन गरेका छन् ।

साथै उक्त रकम सहित सोमबारसम्म उक्त कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जेन–जी आन्दोलनको दुई अर्ब बराबरको रकम समेत भुक्तानी गरिसकेको छ । कम्पनीले दावी भुक्तानीलाई अन्य कम्पनीको तुलनामा निकै रफ्तारमा अघि बढाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*