नीलसागर आश्रममा सुबिसुको फ्रि वाइफाई, २५० बढी लाभान्वित

२२ पुष २०८२, मंगलवार १२:०६

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले रजत जयन्तीका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नीलसागर सेवाश्रममा फ्रि वाइफाई जडान गरेको छ।

२५० जनाभन्दा बढी वृद्धवृद्धा तथा बालबालिका रहेको उक्त आश्रममा फ्रि वाइफाईको उपलब्धताले आश्रममा रहेकालाई समाज र संसारसँग जोड्ने विश्वास सुबिसुले लिएको छ।

सूचना, शिक्षा, मनोरञ्जन र आत्मीय सम्पर्कको अवसर प्रदान गर्दै उनीहरूको दैनिकीलाई सहज बनाउने अपेक्षा सहित फ्रि वाइफाई प्रदान गरिएको सुबिसुले जानकारी दिएको छ।

यसका साथै कम्पनीले देशका विभिन्न स्थानमा सेवा तथा राहत वितरण पनि गरिरहेको जानकारी दिएको छ। यसै वर्ष कम्पनीले वंशीराम जैसवाल अनाथ आश्रम, गरुडा तथा अमृता अनाथ आश्रममा पनि राहत तथा आवश्यक सामग्री सहयोग गरेको थियो।

कम्पनीले धादिङको बहिरा विद्यालयमा निःशुल्क इन्टरनेट जडान गरी शिक्षा र प्रविधिलाई जोड्ने पहल पनि गरिएको जनाएको छ। अहिलेको समयमा इन्टरनेट सेवा मात्रै नभएर अवसर पनि भएको र डिजिटल पहुँच मार्फत् समाज विकासमा योगदान पुग्ने विश्वास सहित कम्पनीले निःशुल्क इन्टरनेट उपलब्ध गराएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*