एसवाई प्यानलमा दैनिक झुम्मिदै लगानीकर्ता
२२ पुष २०८२, मंगलवार १५:१२

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका एक करोड ४८ लाख ३१ लाख रुपैयाँ शेयर खरिद–बिक्री हुदाँ सात अर्ब १२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा मंगलबार एसवाई प्यानलको २४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, बुटवल पावर कम्पनीको २३ करोड ६७ लाख रुपैयाँ, शिवम् सिमेन्टको २३ करोड ४७ लाख रुपैयाँ, बन्दीपुर केवलकारको २१ करोड रुपैयाँले शेयर कारोबार भएको छ ।













