१४८ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, कुनको कतिले बढ्यो ?
२२ पुष २०८२, मंगलवार १५:२१

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै मंगलबार जीवन विकास लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन विभिन्न सेक्टरका १४८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।
त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको ९.५४ प्रतिशत, जानकी फाइनान्सको ५.८३ प्रतिशत, गूडविल फाइनान्सको ५.४६ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













