काठमाडौंको गैरीगाउँमा भिषण आगलागी, निभाउने प्रयास जारी

२२ पुष २०८२, मंगलवार १५:५७

काठमाडौं । सिनामंगलबाट गैरीगाउँ जाने तर्फ कारखाना छेउमा रहेको टहरोमा आगलागी भएको छ । आगलागीपछि काठमाडौं महानगरपालिकाको दमकले आगो निभाउने प्रयास जारी राखेको छ ।

आगलागीबाट वरपरका घरहरुमा समेत निकै ठूलो मात्रामा क्षति भएको छ । स्थानीयबासी नबिन फुयालका अनुसार आगो लागेको १ घण्टा वितेपछि आएको दमकलले आगो निभाइरहेको छ ।

त्रिभुवन विमानस्थलको कार्यालयले भने विमानस्थलमा अहिले समस्या नरहेको जनाएको छ । यद्यपि केहि जहाजहरू भने ट्राफिकको कारण होल्ड भएका छन् । आगलागी नियन्त्रणमा नेपाली सेना, प्रहरी र महानगरपालिका प्रहरीको संयुक्त प्रयास जारी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*