कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने नेपाली कम्युनिष्ट पार्टीको निर्णय

२३ पुष २०८२, बुधबार १२:३१

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता कै दिन नेपाली कम्युनिष्ट पार्टीले कांग्रेस र एमालेसँग सहकार्यको ढोका सँधैका लागि बन्द गरेको हो ।

बाहिरफेरा नेपाली कम्युनिष्ट पार्टीसँग सिट बाँडचुँड नमिलेको हल्ला गरिएपनि अध्यक्ष प्रचण्डले आगामी प्रतिनिधि सभा निर्वाचन समेतमा कांग्रेस र एमालेसँग कुनै गठबन्धन वा सहकार्य नगर्ने निर्णय लिएका हुन् ।

माओवादीले गठबन्धन नगर्ने निर्णय गरेपछि राष्ट्रियसभा निर्वाचनमा एमाले, कांग्रेस र मधेशी दलबीच गठबन्धन हुने भएको छ । प्रचण्डले कांग्रेस र एमालेप्रति जनतामा चरण वितृष्णा बढेकाले उनीहरुसँग कुनै प्रकारको सहकार्य नगर्ने बरु नयाँ शक्ति तथा युवा पुस्तासँग सहकार्य गर्ने निर्णय लिएको बताइएको छ ।कांग्रेस र एमाले भ्रष्टाचार तथा अनियमितताका कारण जनताको नजरमा अलोकप्रिय बन्दै गएकाले उनीहरुसँग मिल्दा लगत सन्देश जाने प्रचण्डको निष्कर्ष छ ।

भारत भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेपछि प्रचण्डले पुराना दलसँग सहकार्य नगर्ने निर्णय लिनुलाई दक्षिणी छिमेकी नेपालमा नयाँ पुस्ताको पक्षमा रहेको भनी अर्थ्याउन थालिएको छ ।

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ । राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*