महालक्ष्मी विकास बैंकको अध्यक्षमा राजेश उपाध्याय, डेपुटी गर्भनरबाट लिए सपथ

२३ पुष २०८२, बुधबार १८:२९

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे अध्यक्षमा राजेश उपाध्याय चयन भएका छन् । बैंकको २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिले उपाध्याय अध्यक्षको जिम्मेवारी दिएको हो ।

अध्यक्षले पद तथा गोपनियताको सपथ समेत लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम पुष २३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय सस्ंथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकलगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*