ठूलो संख्यामा निर्वाचन प्रहरीमा भर्ना खुल्यो, पूर्व सुरक्षाकर्मी र म्यादीलाई प्राथमिकता

२४ पुष २०८२, बिहीबार ०७:२०

काठमाडौं । नेपाल प्रहरीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लक्षित १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको छ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने, फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक एवं मानसिक रूपले ठीक रहेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

निर्वाचन प्रहरी भर्ना गर्दा पूर्व सुरक्षाकर्मी वा वन रक्षकलाई, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीमा २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, यसअघि म्यादी प्रहरीमा भर्ना भई सन्तोषजनक काम गरेका र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकले प्राथमिकता पाउनेछन्।

योग्य तथा इच्छुक व्यक्तिले पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० देखि ४ बजेसम्म (सार्वजनिक बिदाको दिन समेत) दरखास्त दिन सक्नेछन्। दरखास्त जुनसुकै जिल्ला प्रहरी कार्यालयमा दिन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*