विजय लघुवित्तको एफपीओ भर्ने अन्तिम दिन, मागभन्दा ४७ गुणा बढी आवेदन

२४ पुष २०८२, बिहीबार ०७:४४

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि बिक्री खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ।

साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ। यस्तो अनुपात ७०ः३० कायम गर्नु पर्ने भएकाले त्यसका लागि कम्पनीले एफपीओ निष्कासन गरेको हो।

यसका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरिरहेको हो। यसमा सर्वसाधारणले आज बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सक्नेछन्।

आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यो एफपीओ निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको कुल सूचीकृत शेयर संख्या ७९ लाख १७ हजार २२०.५९ कित्ता कायम रहनेछ।

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार पुस २३ गते साँझ ५ बजेर ४८ मिनेटसम्म १८ लाख ८६ हजार २८७ जनाले २ करोड २० लाख ५३ हजार ६३० कित्ता एफपीओका लागि आवेदन दिएका छन्। यो भनेको मागभन्दा करीब ४७ गुणा बढी आवेदन परेको हो। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नएमबि क्यापिटल लिमिटेडले रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*