कालीमाटीमा तरकारीः गोलभेंडा १०५, काउली ७५ रुपैयाँ किलो

२४ पुष २०८२, बिहीबार ०७:३८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज पुस २४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार आज सानो लोकल गोलभेंडा १०५ रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ७५ रुपैयाँ, मटरकोशा ७० रुपैयाँ, तीते करेला १३० रुपैयाँ र लौका ८० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी घिरौला १२० रुपैयाँ, हरियो डल्ले फर्सी ५५ र लाम्चे फर्सी ५० रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, पिंडालु ७० रुपैयाँ, स्कूस ३५ रुपैयाँ, बकूला ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*