शुभम पावरको १४ लाख कित्ता शेयरको लकइन अवधि माघमा सकिंदै
२४ पुष २०८२, बिहीबार १०:२५

काठमाडौं । शुभम पावर लिमिटेडको १४ लाख ३१ हजार ३० कित्ता शेयरको लकइन अवधि आउँदो माघ २६ गते सकिंदैछ।
कम्पनीको संस्थापकतर्फको १४ लाख कित्ता, स्थानीय बासिन्दातर्फको १९ हजार ४२० कित्ता र कर्मचारीतर्फको ११ हजार ६१० कित्ता शेयरको लइकन अवधि सकिन लागेको हो।
आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ।
लकइन अवधिभर शेयर कारोबार गर्न नपाइने व्यवस्था छ। लकइन अवधि समाप्त भएसँगै यी शेयर किनबेच गर्न सकिनेछ। तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ।













