कर्पाेरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

२४ पुष २०८२, बिहीबार १०:५७

काठमाडौं । कर्पारेट डेभलपमेन्ट बैंक लिमिटेडको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश विरतण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेश गरिने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेश गरिने पनि बैंठकले निर्णय गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*