एसवाई प्यानलमा दैनिक झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

२४ पुष २०८२, बिहीबार १५:०८

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.५९ अंकले बृद्धि भएर २६४० को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ३२८ वटा कम्पनीहरुको चार अर्ब ९० करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । बजारमा आज पनि एसवाई प्यानलको २० करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, बन्दीपुर केवलकारको १७ करोड ६० लाख रुपैयाँ, सान्भी इनर्जीको १५ करोड ८९ लाख रुपैयाँ, सागर डिस्टीलरीको १५ करोड तीन लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*