सान्भी इनर्जीसहित यी १० कम्पनीको शेयरमूल्यमा छायो हरियाली
२४ पुष २०८२, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.५९ अंकले बृद्धि भएर २६४० को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका १२९ वटा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार सान्भी इनर्जीको शेयरमूल्य ८.१६ प्रतिशतले सर्वाधिक बढेको छ ।
त्यस्तै, एसवाई प्यानलको ५.७१ प्रतिशत, खानीखोला हाइड्रोपावरको ४.६३ प्रतिशत, श्रीनगर एग्रीटेकको ४.४२ प्रतिशत, विकास हाइड्रोपावरको ३.९० प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ ।














