शेयरधनीको हात रित्तो पार्दै नेपाल वेयरहाउजिङ्ग कम्पनीले बोलायो साधारणसभा

२७ पुष २०८२, आईतवार ०८:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १ गते बाराको जितपुरसिमरा–२ स्थित होटल श्रेष्ठ रेसिडेन्सी प्रा.लि मा दिउँसो २ बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ।

शेयधरनीलाई कुनै पनि लाभांश प्रस्ताव नगरेको कम्पनीको साधारणसभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनको उद्देश्य थप्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द (बूक क्लोज) गर्ने निर्णय गरेको छ। तसर्थ बूक क्लोजको आधारमा माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीमात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*