सुनको मूल्य हालसम्मकै उच्च, आइतबार प्रतितोला कति ?
२७ पुष २०८२, आईतवार १०:४१

काठमाडौँ । सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च हो । यसअघि पुष १३ गते पनि सुनको सोहि मूल्यमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य पनि तोलामा एकैदिन २१० रुपैयाँले बढेर प्रतितोला चार हजार ९९० रुपैयाँ पुगेको छ ।













